गन्थन डेस्क
४ वर्षीय बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पोखरा वडा नं ५ का ७८ वर्षीय एकनारायण बराललाई प्रहरी पक्राउ गरेको छ ।
गत चैत्र १९ गते बरालले बालिकालाई एक्लै भएको अवस्थामा यौन दुव्यर्बहार गरेका भन्दै पीडित बालिकाका आफन्तले भदौं २२ गते मंगलबार जिल्ला प्रहरी कार्यलय कास्कीमा जाहेरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले आरोपितलाई पक्राउ गरि अनुसन्धान अगाडी बढाइएको जानकारी दिए ।
गत चैत १९ गते बालिकाका आमासँग साग लिन गएकी बालिका घर फर्किएपछि छिमेकीले गरेको कर्तुतका बारेमा सुनाइन् । छोरीको कुरा सुने छागाँबाट खसे झै भएकी आमाले इज्जतको डरमा घटना बाहिर ल्याउन चाहिनन् ।
बालिकालाई आमालाई नभन्न समेत आरोपितले भनेका थिए । तर परिवारका सदस्य र आफन्तबीच गाइगुइँ हल्ला चल्यो । पीडित परिवारले आरोपितका परिवारलाई घटना बारे जानकारी गराएका थिए ।
घटना भएको समयमा बालिकाको योनीमा कोतारेको दाग, घाउ र एलर्जी देखिएको थियो । केही दिन बालिकाको अनुहारमा समेत एलर्जी देखिएको पीडित परिवार बताउँछन् ।
घटनाबारे हल्ला चलेपछि भदाै २१ गते बसेकाे भेलामा आरोपितले गल्ती स्वीकारेका थिए । आफन्तको सहयोगमा पीडित परिवारले भदौं २२ गते जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएका थिए ।