‘कोभिड १९’ बाट विश्वमा ८ लाख ९६ हजार भन्दा बढीको मृत्यु

एजेन्सी । कोरोना भाइरस संक्रमणबाट ८ लाख ९६ हजार ९ सय २६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा २ करोड ७४ लाख ९२ हजार ९ सय ८२ जना कोरोना भाइरस संक्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस संक्रमित १ करोड ९५ लाख ९२ हजार २ सय ८० व्यक्ति कोरोना मुक्त भएका छन् । हाल विश्वमा ७० लाख ३ हजार ७ सय ७६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । संक्रमितहरु मध्ये ६० हजार २ सय ९८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्यांक यी रहेका छन् ।

अमेरिकामा ६४ लाख ८५ हजार ५ सय ७५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यहाँ ३७ लाख ५८ हजार ६ सय २९ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९३ हजार ५ सय ३४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

भारतमा ४२ लाख ८० हजार ४ सय २२ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ३३ लाख २३ हजार ९ सय ५० कोरोना भाइरस मुक्त भएका छन् भने ७२ हजार ८ सय १६ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ४१ लाख ४७ हजार ७ सय ९४ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ३३ लाख ५५ हजार ५ सय ६४ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २७ हजार १ जनाको मृत्यु भएको छ ।

रुस १० लाख ३० हजार ६ सय ९० जना कोरोना भाइरस संक्रमित रहेका छन । यहाँ ८ लाख ४३ हजार २ सय ७७ कोरोना भाइरस मुक्त भएका छन् भने १७ हजार ८ सय ७१ जनाको मृत्यु भएको छ ।

पेरुमा ६ लाख ९१ हजार ५ सय ७५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ५ लाख २२ हजार २ सय ५१ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ९ सय ७६ जनाको मृत्यु भएको छ ।

कोलम्बिया ६ लाख ७१ हजार ८ सय ४८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ५ लाख २९ हजार २ सय ७९ कोरोना भाइरस मुक्त भएका छन् भने २१ हजार ६ सय १५ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख ३९ हजार ३ सय ६२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ५ लाख ६६ हजार ५ सय ५५ कोरोना भाइरस मुक्त भएका छन् भने १५ हजार ४ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ६ लाख ३७ हजार ५ सय ९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ४ लाख ४६ हजार ७ सय १५ कोरोना भाइरस मुक्त भएका छन् भने ६७ हजार ७ सय ८१ जनाको मृत्यु भएको छ ।

स्पेनमा ५ लाख २५ हजार ५ सय ४९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार ५ सय १६ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिना ४ लाख ८८ हजार ७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ३ लाख ५७ हजार ३ सय ८८ कोरोना भाइरस मुक्त भएका छन् भने १० हजार १ सय २९ जनाको मृत्यु भएको छ । रासस

कमेन्टहरु
Loading...