‘कोभिड १९’ बाट विश्वमा ८ लाख ८७ हजार भन्दा बढीको मृत्यु

एजेन्सी । विश्वभरी कोरोना भाइरस संक्रमणबाट आठ लाख ८७ हजार ५ सय ९९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा २ करोड ७२ लाख ९६ हजार ३ सय ३ जना कोरोना भाइरस संक्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस संक्रमित एक करोड ९३ लाख ७९ हजार ४ सय ९८ व्यक्ति कोरोना मुक्त भएका छन् ।

हाल विश्वमा ७० लाख २९ हजार २ सय ६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । संक्रमितहरु मध्ये ५९ हजार ९ सय ९८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्यांक यी रहेका छन् ।

अमेरिकामा ६४ लाख ६० हजार ४ सय २१ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यहाँ ३७ लाख २६ हजार ९९ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९३ हजार २ सय ५३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

भारतमा ४२ लाख ४ हजार ६ सय १३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ३२ लाख ५० हजार ४ सय २९ कोरोना भाइरस मुक्त भएका छन् भने ७१ हजार ६ सय ८७ जनाको मृत्यु भएको छ । ब्राजिलमा ४१ लख ३७ हजार ६ सय ६ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ३३ लाख १७ हजार २ सय २७ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २६ हजार ६ सय ८६ जनाको मृत्यु भएको छ ।

रुस १० लाख २५ हजार ५ सय ५ जना कोरोना भाइरस संक्रमित रहेका छन । यहाँ ८ लाख ४० हजार ९ सय ४९ कोरोना भाइरस मुक्त भएका छन् भने १७ हजार ८ सय २० जनाको मृत्यु भएको छ । पेरुमा ६ लाख ८९ हजार ९ सय ७७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ५ लाख १५ हजार ४९ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ८ सय ३८ जनाको मृत्यु भएको छ ।

कोलम्बिया ६ लाख ६६ हजार ५ सय २१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ४ लाख १८ हजार २ सय २९ कोरोना भाइरस मुक्त भएका छन् भने २१ हजार ४ सय १२ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ६ लाख ३८ हजार ५ सय १७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ५ लाख ६३ हजार ८ सय ९१ कोरोना भाइरस मुक्त भएका छन् भने १४ हजार ८ सय ८९ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ६ लाख ३४ हजार २३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ४ लाख ४२ हजार २ सय ६८ कोरोना भाइरस मुक्त भएका छन् भने ६७ हजार ५५८ जनाको मृत्यु भएको छ । स्पेनमा ५ लाख १७ हजार १ सय ३३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार ४ सय १८ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिना ४ लाख ७८ हजार ७ सय ९२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ३ लाख ३९ हजार १ सय ३२ कोरोना भाइरस मुक्त भएका छन् भने ९ हजार ८ सय ५९ जनाको मृत्यु भएको छ । रासस

कमेन्टहरु
Loading...