कोरोना संक्रमितको संख्या धेरै हुने देशको सूचिमा भारत दोस्रो स्थानमा

काठमाडौं । कोरोना संक्रमित संख्या बढी हुने देशको सूचिमा भारत दोस्रो स्थानमा आइपुगेको छ । ब्राजिललाई पनि उछिन्दै भारत अमेरिका पछि दोस्रो स्थानमा आइपुगेको हो । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९० हजार ६ सय ३२ कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ४१ लाख १३ हजार ८ सय ११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १ हजार ६५ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । हालसम्म भारतमा ७० हजार ६ सय २६ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

यसैबीच, भारत कोरोनाका कारण धेरै मृत्यु हुने देशहरुको सूचिमा भने अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ । लकडाउनमा रहेको भारत लुजडाउनको नीतिमा गएपछि तीव्र गति कोरोना संक्रमण फैलिएको हो ।
एकैदिन ९० हजार ६ सय ३२ कोरोना संक्रमित देखिएको यो विश्वमै पहिलो पटक हो । अमेरिकामा एकैदिन सबैभन्दा धेरै ७४ हजार र ब्राजिमा ६९ हजारसम्म भेटिएका थिए ।

कमेन्टहरु
Loading...