पोखरा । १८ वर्षीय युवतीलाई बलात्कार अभियोगमा पोखराबाट १ जना पक्राउ परेका छन् । हिजो शनिबार राति पौने ८ बजेको समयमा जंगलको बाटोमा एक्लै हिंडिरहेकी युवतीलाई डर, त्रास देखाएर बलात्कार गरेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर २० भलाम बस्ने ३५ वर्षीय गणेश खत्री पक्राउ परेका हुन् ।
खत्री पेसाले ट्याक्सी चालक हुन् । खत्री विरुद्ध जवरजस्ती करणी उद्योग सम्बन्धी कसुर अन्तरगत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिएका छन् ।