८ हप्ते बच्चा बोल्यो, बाबुलाई भन्यो ‘हेल्लो’

संसारमा यदाकदा अपत्यारिला घटना हुन्छन्, तर पत्याउनैपर्ने हुन्छ । त्यस्तै भएको छ, बेलायतमा ।

त्यहाँ एक ८ हप्ताको बालकले आफ्ना बाबुआमालाई हेल्लो भनेपछि सबैभन्दा कम उमेरमा बोल्ने पहिलो बच्चाकारुपमा चिनिएका छन् । जुन घटनाले अहिले समाजिक संञ्जालमा चर्चा बटुलेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले यो घटनालाई निक्कै आश्चर्यजनक भनेका छन् ।

जम्मा ८ हप्तामै बोल्ने ती बालकका अभिभावकको नाम भने निक र कैरोलिन हो । जुन बच्चाले पटक पटक आफ्ना अभिभावकलाई हेल्लो हेल्लो शब्द दोहो¥याउने गरेका छन् ।

यो भिडियोसमेत सामाजिक सञ्जालको दुनियाँमा भाईरल बनेको छ । त्यस्तो एउटा भिडियो छ जहाँ निकले आफ्ना ती छोरालाई हेल्लो भनेका छन् त्यसलगत्तै बच्चाले जवाफमा हेल्लो भने ।

जुन भिडियो निककी श्रमतीले खिचेकी थिईन् । कैरोलिन भन्छिन् ‘हामीले उसलाई बोल्नका लागि भनेका थियो जवाफमा उसले हेल्लो भनेर चकित बनायो ।’

बोल्ने मात्रै होईन बच्चा बारम्बार हासीरहन्छन् पनि । र्कैरोलिन भन्छिन् ‘हामीलाई गर्वको अनुभूति भईरहेको छ कि यो उमेरमा हाम्रो बच्चा बोल्छ र हाँस्छ पनि ।’ सामान्यतयः बच्चाहरु १० देखि १४ महिनामा बोल्न सुरु गर्छन् । जबकी निककै अरु सन्तान ६ महिनाको उमेरमा बोल्न शुरु गरेका थिए ।

एजेन्सीको सहयोगमा

हेर्नुहोस् समाचारको ओरिजिनल लिंक

https://www.ladbible.com/news/news-incredible-moment-baby-says-hello-at-just-eight-weeks-old-20200826?c=1598442657356?source=twitter

 

कमेन्टहरु
Loading...