दिल्ली , भदौं १५ गते । विगत केहि समयदेखि बिरामी रहेका भारतीय पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधन भएको छ ।
उनका छोरा अभिजित मुखर्जीले टुवीट गर्दै आफ्ना पिताको निधन भएको जानकारी दिएका हुन् ।
दिल्लीस्थित आर्मी रीसर्च एण्ड रेफरल अस्पतालमा उनको उपचार हुदै आएको थियो । ८४ वर्षिय मुखर्जी लगातार कोमामा थिए र उनलाई भेन्टीलेटरको सहायतामा राखिएको थियो । २१ दिन अघि अगष्ट १० मा अस्पताल भर्ना भर्ना भएका मुखर्जीको यसअघि कोराना रीपोर्ट समेत पोजिटिभ देखिएको थियो ।
मुखर्जीको मस्तिष्कमा रगत जमेपछि शल्यक्रिया गरीएको थियो । त्यसक्रममा अस्पतालमै उनलाई कोरोना पोजिटिभ भएको थियो ।
यसअघि उनीमा स्वासप्रश्वासको पनि समस्या थियो । मुखर्जी भारतको १३ औ राष्ट्रपतिका रुपमा सन् २०१२ देखि २०१७ सम्म रहेका थिए । स्वर्गिय मुखर्जीका दुई छोरा र एक छोरी रहेका छन् ।