बेइजिङमा फेरी कोरोनाका नयाँ संक्रमित फेला

एजेन्सी । चीनमा केही दिन यता कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका बताइएको छ । सोमबार दिइएको जानकारी अनुसार चीनमा गएको २४ घन्टायता कोरोना भाइरसका १७ जना नयाँ संक्रमित भेटिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सोमबार चीनमा १७ जना नयाँ संक्रमित भेटिएका छन् भने यो २४ घन्टामा यहाँका २४ जना निको भएर घर फर्किएका छन् । केही हप्ता यता चीनले आफ्नो देशमा कोरोना भाइरस संक्रमित नभेटिएको बताए पनि विदेशबाट आउनेहरुमा कोरोना भाइरस देखिएको बताउँदै आएको छ ।

गएको २४ घन्टामा देखिएका भनिएका ती १७ जना पनि सबै जना विदेशबाट आएका नागरिक रहेका चीनका स्वास्थ्य अधिकारीहरुले बताएको हो । चीनमा यो समेत गरी यस भाइरसका ८ हजार ५ सय ४८ जना संक्रमित भेटिएका हुन् ।

त्यस्तै यहाँका ४ हजार ६३४ जनाको ज्यान गएको छ । तर चीनको जनजीवन अहिले सामान्य भइसकेको छ । त्यहाँ कहिलेकाहीं र त्यो पनि विदेशबाट आएका नागरिकमा यो भाइरस देखिने गरेको बताइएको छ । रासस

कमेन्टहरु
Loading...