भारतमा पछिल्लो २४ घण्टामा ७६ हजार ४ सय ७२ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६२ हजार ५५० पुगेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा १ हजार २१ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । अघिल्लो २४ घण्टामा भारतमा ७७ हजार २६६ कोरोना संक्रमित थपिएका थिए । तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको भारतमा हालसम्म संक्रमितको संख्या ३४ लाख ६३ हजार ९ सय ७२ पुगेको छ ।
भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।