काठमाडौँ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ८ सय २४ कोरोना संक्रमितको मृत्यु भएको छ ।
अघिल्लो २४ घण्टामा ६ हजार २ सय ६१ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख गरेको छ ।
विश्वका २ सय १६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ८ लाख ३३ हजार ५ सय ५६ जनाको मृत्यु भइसकेको छ ।
संक्रमितको संख्या २ करोड ४५ लाख ८७ हजार ५ सय १३ पुगेको छ ।