पोखरा\गजल सन्ध्या पोखराले प्रत्येक बर्ष प्रदान गर्दै आएको गजल प्रतिभा पुरस्कार गजलकार निरज भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेशमा जन्मेर गजल क्षेत्रको बिकासका लागि उल्लेखनीय योगदान गरेको भन्दै भट्टराईलाई पुरस्कार प्रदान गर्न लागिएको गजल सन्ध्या पोखराका अध्यक्ष मोहन भण्डारीले बताए ।
गजल सन्ध्या पोखराका सल्लाहकार दीपक समीपको अध्यक्षतामा बनेको समितिले भट्टराईलाई चयन गरेको हो । गजलकार भट्टराईले ‘मेरो भन्नु केही छैन’ र ‘तलाश’ गरी २ गजलसङ्ग्रहका साथै ‘धुवाँको धागो’ नामक कवितासङ्ग्रह प्रकाशन गरिसकेका छन् । नगद १५ हजार ५ सय ५५ को पुरस्कार उनले प्राप्त गर्ने छन् ।
यसअघि यो पुरस्कारबाट रुपक वनबासी, इन्द्रकुमार विकल्प, गाविन्दराज विनोदी, कमल पौडेल ‘अथक’, दीपक समीप, आर। के। अदिप्त गिरी, कपिल शर्मा, जनार्दन दाहाल, जीवनपानी र बाबु त्रिपाठी पुरस्कृत भइसकेका छन् ।
