गन्थन डेस्क
एकै दिन कोरोना भाईरसबाट संक्रमित हुनेको संख्याले भारतमा रेकर्ड तोडेको छ । शुक्रबार बिहानै मात्र भारतमा यो रोगबाट संक्रमित हुनेको संङख्या ७७ हजार २ सय ६६ पुगेको छ ।
भारतमा एकै दिनमा संक्रमित हुनेको संङख्या हालसम्मकै उच्च बनेको हो । भारतमा हालसम्म ३३ करीब ३४ लाख मानिस कोराना भाईरसबाट संक्रमित बनिसकेका छन् । तर निको हुनेको संङख्या पनि २५ लाखभन्दा बढी छ ।
शुक्रबार बिहान सार्वजनिक तथ्याङक अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५७ जनाले ज्यान गुमाएका छन् । यो सँगै भारतमा कोराना भाईरसबाट मृत्यु हुनेको संङख्या ६१ हजार ५ सय २९ छ । भारतमा हालसम्म ३३ लाख ८७ हजार ५ सय १ जनामा कोरोनाबाट संक्रमित पाइएको छ भने ७ लाख ४२ हजार २३ जनाको उपचार भईरहेको छ ।
यसैगरी भारतमा पछिल्लो २४ घण्टामा ९ लाख जना मानिसको नमूना जाँच गरिएको थियो । भारतीय आयुर्विज्ञान अनुसन्धान परीषदका अनुसार बिहीबारसम्म ३ करोड ९४ लाख ७७ हजार ८ सय ४८ जनाको कोरोना परीक्षण भएको छ, जसमा बिहीबारमात्रै ९ लाख १ हजार ३ सय ३८ जना रहेका छन् ।