ठूलो मात्रामा लागूऔषध सहित पोखराको रानीपौवाबाट १ जना पक्राउ

पोखरा । वडा प्रहरी कार्यालय कास्कीले ठूलो मात्रामा लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । आफ्नै कोठामा ठूलो मात्रामा लागुऔषध लुकाएको छ भन्ने सुचनाका आधारमा प्रहरीको टोलीले पोखरा महानगरपालिका ११ रानीपौवा बस्ने २७ वर्षीय विशाल घमाललाई बुधबार पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले सुकेको गाँजा ३ किलो ४ सय ग्राम, चरेस ३ सय ग्राम तथा अन्य प्रतिबन्धित ट्याब्लेट फेला पारेको छ । पक्राउ परेका घमाललाई थप अनुसन्धान तथा कारवाहीको प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।

कमेन्टहरु
Loading...