पोखरा \गण्डकी प्रदेश सरकारको भाद्र तीन गते बसेको बैठकले पाँच निर्णय गर्दै सम्पन्न भएको प्रदेश सरकारका प्रबक्ता रामशरण बस्नेतले जानकारी दिएका छन् । बैठकले प्रदेशको भौतिक विकास मन्त्रालयमा करारमा रहेका ८० इन्जिनियरलाई करार थप गरि थप पचास जना इन्जिनियर भर्ती गर्ने निर्णय गरेको छ । प्राविधिकको अभाव भएको कारण प्राबिधिकहरु थप गर्न लगेको प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए । कोरोना कहरको विचमा गरिएको कर्मचारी भर्नाको निर्णयले कतै कार्यकर्ता भर्तीका लागि उक्त निर्णय गरिएको होईन भन्ने प्रश्न गम्भिर बनेर आएको विपक्षी दलका एक सांसदले गन्थनलाई बताए ।
गण्डकी प्रदेश सरकार बैठकले प्रदेश स्तरिय बेरुजु अनुगमन र मुल्याङ्कन समिती गण्डकी प्रदेश सरकारको मुख्य सचिवको नेतृत्वमा अर्थ सचिव ,मुख्यमन्त्री कार्यालयका सचिव र महालेखाका सचिव रहनेगरि निर्णय गरेको छ । बैठकले संघिय सरकारको अधिनमा रहेका हुलाक कार्यालयको जग्गा प्राप्तीका लागि संघिय सरकारलाई प्रस्ताव पठाउने निर्णय गरेको छ ।
गण्डकी प्रदेश सरकारले स्थापना गरेको सरुवा रोग अस्पतालको क्षमता बृद्धि गरेर सय बेड पु¥याउने प्रस्ताब संघिय सरकारलाई गर्ने निर्णय पनि गरेको छ ।
