खिम लामिछाने काजी
कोरोना भाइरसको कारणले हाल संसारभर देखिएको सकटकालिन अवस्थामा अत्यावश्यक कार्यको लागि बाहेक घरबाट बाहिर निस्कनु नै उत्तम हुन्छ । जुन कुरा बिश्व स्वास्थ्य संगठनले भन्दै आइरहेको छ ।
अत्यावश्यक काम मध्य घरको लागी प्रयोग हुने दैनिक सामाग्री खरिद गर्नु पनि एक हो । बर्तमान परीप्रेक्ष्यमा कोरोना सक्रमणका बिरामीहरु कोरोनाका लक्षणहरु सहित देखा परीरहेका छन । सामुदायिक स्तरमा कोरोना सक्रमण फैलिसकेको छ ।
अबका दिनमा हरेक नागरिकले अझ बढी साबधानी र सजकता अपनाउनु पर्ने हुन्छ । घरायासी समान जस्तो खाध्यान्न सामाग्री लगाएत अत्यावश्यक सामग्री खरिद गर्न बजार वा पसल जानपुर्ब कोरोना सक्रमणबाट बच्ने कुरामा बिषेश ध्यान दिन जरुरी हुन्छ ।
सपिङ्ग गर्दा कोरोना सक्रमणबाट बच्न निम्न तरिकाहरु अबलम्बन गर्नुपर्दछ ।
१. लिस्ट तयार — बजार वा पसल जानु भन्दा आफ्नो परिवारको लागी चाहिने सम्पर्ण सामाग्रीको लिस्ट तयार गर्ने ।
२ परिवारको एक जना सदस्य मात्र सपिङ गर्ने— धेरै गएर भिड नबढाउने । हाण्ड स्यानिटाइजर पनि सगै लिएर जाने । मुटुको रोगी, दम, श्वासप्रश्वास, मधुमेह जस्ता दिर्घरोगी तथा बृद्धलाई सपिङ्ग जान नदिने ।
३ अत्यावश्यक सामग्रीहरु मात्र खरिद गर्ने — सामुदायिक स्तरमा कोरोना फैलिसकेको समयका रमाइलोको लागी र अनावश्यक सपिङ्ग नगर्ने ।
४. मास्कको प्रयोग गर्ने — कुनै पनि पसल, सपिङ मल वा कुनै पनि स्थानमा कुनै पनि समान खरिद गर्न जादा मास्कको प्रयोग अनिवार्य गर्ने ।
५. सामाजिक भौतिक दुरी — जुनसुकै स्थानमा सामान खरिद गर्न जादा पनि कम्तीमा २ मिटरको दुरी कायम गर्ने ।
६. भिडभाडमा नजाने — समान किन्न जादा पसलमा भिड छ भने अर्को पसलमा जाने वा केही समय कुरेर भिड नभएको ठाउँमा र भिड नभएको स्थानमा मात्र सपिङ्ग गर्ने ।
७. ठुलो भन्दा सानो पसल रोजौ — सामान्यतया ठुलाठुला सपिङ्ग मलमा सम्पूर्णकुरा एकै ठाउँमा पाइने हुनाले धेरैको रोजाइ ठुला सपिङ मल हुने गर्दछ । ठुला पसलमा ठुलो भिड हुनसक्छ । ठुलो भिडमा कोरोना सन्क्रमणको पनि ठुलै जोखिम हुन्छ । त्यसैले साना पसलमा भिड नहुने पसलमा समानहरु खरिद गर्नु धेरै बुद्दीमानी हुन्छ । ठुला सपिङ्ग मलमा एउटै बस्तुलाई धेरै जनाले छोएको हुन सक्छ । यो समयमा धेरैले छोएको बस्तुमा सक्रमणको जोखिम पनि धेरै हुन्छ ।
८. समय र स्थानको छनौट – कोरोना भाईरस श्वासप्रश्वासबाट सर्ने भएकोले मानिसहरुको जमघट कम हुने स्थान र समयमा सपिङ गर्ने । भिड कम हुने स्थान र समयमा सपिङ गर्दा सक्रमणको जोखिम कम हुन्छ ।
९. एउटै सामानको लागि धेरै समय नखर्चिने — कतीपयको बानी एउटै ब्राण्डको मात्र प्रयोग गर्ने हुन्छ । जस्को लागी उनीहरु दिनभर उक्त सामाग्री खरिद गर्न समय खर्चिरहेका हुन्छन । तर यो अवस्थ्यामा त्यसरी एउटै बस्तुको लागी समय खेर फाल्नु भन्दा बैकल्पिक बस्तुको प्रयोग गर्नु बुद्धीमानी हुन्छ ।
१०. पसल पसल नचाहार्ने — धेरैको बानी धेरै पसलमा सामानको मुल्य सोधेर मात्र खरिद गर्ने हुन्छ । तर बर्तमान समयमा यसरी धेरै पसल चाहर्नेलाई कोरोना सन्क्रमणको सम्भावना पनि धेरै नै रहन्छ । लत्ता कपडा किन्नु पर्दा धेरै पसलमा कपडा ट्राइ गर्दै हिड्दा सक्रमणको जोखिम उच्छ हुन्छ ।
११. खोजेकै सामन किन्न मरीहत्य नगर्ने — आफुले खोजेको रङ्ग, किसिम, प्रकार, डिजाइन खोज्दै पसल पसल हिंड्नु भन्दा सुरुमै पसेको पसलमा आफुले खोजे भन्दा फरक रङ्ग र फरक डिजाइन भएको बस्तु पाइयो भने खरिद गर्नु अहिले अवस्थामा बुद्धीमानी हुन्छ ।
१२. साइबर सपिङ्ग — बर्तमान अवस्थामा अनलाइन सपिङ्ग र होम डेलीभरी गरेर आफुलाई चाहिले बस्तुको खरिद गर्दा सक्रमणको जोखिम न्युन हुन्छ ।
१३. कम समयमा खरिद गर्ने — कुनै पनि बस्तु तथा सेवाको खरिद गर्दा समय धेरै खर्च नगर्ने । कोरोनाको भयाबह अवस्थामा सपिङ्ग मलमा धेरै समय बिताउनु मुर्खता शिवाय अरु केही होइन । कोरोना भाईरस हावामा ड्रपलेटको रुपमा धेरै समय तैरीएर बस्ने हुनाले एउटै कोठा वा हलमा धेरै ब्यक्तीहरु बसीरहदा सक्रमणको जोखिम ज्यादा हुन्छ ।
१४. सामानको खोल फालेर फाल्ने — फुड स्ट्याण्डर्ड एजेन्सी (एफयसए) ले खाद्य सामग्री प्याकेजिङ्गमा कोरोनाको जोखिम हुँदैन भनेको छ । तर उक्त प्याकेजिङ्ग गरिएको बस्तु थुप्रै ब्यक्तीहरुले छोएर पसल सम्म आइपुगेको हुन्छ । त्यसैले प्याकेजिङ्ग गरिएको बस्तुलाई बाहिरको खोल झिकेर सुरक्षित ठाउँमा फाल्नु पर्छ । साबुन पानीले हातमा धोएर उक्त सामनलाई घर भित्रै लैजानु पर्दछ ।
१५. सुरक्षा घेरालाई नतोडौ — सामाजिक दुरी कायम गर्ने उदेश्यले पसलमा सुरक्षाको लागी गोलाकार वा आयतकार घेरा बनाइएको हुन्छ । उक्त घेरा भित्र रहेर सपिङ्ग गर्ने बानी बसाल्नु पर्दछ । सुरक्षा घेराको उचित प्रयोग गर्नुपर्छ ।\
१६. सपिङ सेन्टरका क्यारिएरको प्रयोग — ठुला सपिङ्ग सेन्टरहरुमा सामानहरु राख्ने क्यारिएर राखिएको हुन्छ । उक्त क्यारिएरले सामाजिक दुरी कायम राख्न मद्दत गर्दछ । हरेकले आफ्नो अगाडि सपिङ्ग क्यारिएर लिएर सपिङ्ग गर्दा ब्यक्तीगत दुरी कायम हुन्छ । तर क्यारिएरको ह्याण्डलमा भने स्यानीटाइज गर्नुपर्ने हुन्छ । जस्ले सम्क्रमणको जोखिम न्युन गराउछ ।
१७. सपिङ गर्ने समय घटाऊने — ब्रिटिश सरकारले सामान खरिद गर्न जाने समय कम गर्न अनुरोध गरेको छ । जस्तो हप्तामा ३ पटक सपिङ्ग गर्ने गरेको छ भने हप्ताको एक पटक मात्र गर्ने । बारम्बार घरबाट निस्केर पसल जानु भन्दा एकै पटक चाहिने सामान खरिद गरेर राख्ने । जुन सामग्री खरिद गर्न गएको हो, उक्त सामाग्री खरिद गरी फर्कने ।
१८. सामनको उचित प्रयोग — कुनै सामन खरिद गर्ने बित्तिकै प्रयोग हुने खालका हुन्छन भने कुनै बस्तु केही दिन पछी प्रयोग गर्दा पनि हुन्छ । पछी प्रयोग गर्ने मिल्ने बस्तुलाई सकिन्छ भने केही दिन घर बाहिरै राखेर मात्र घरभित्र लैजानु पर्दछ ।
१९. पैसाबाट भाईरस सर्ने हुने सम्भावना — मेडस्केप र फ्युचर माइक्रोबायोलोगीमा उल्लेख गरे अनुसार पैसाबाट भाईरस सर्ने सम्भावना धेरै रहेको हुन्छ । नगद कारोबार पश्यात पैसा लिने दिने काम सकिए पछी ह्याण्ड स्यानीटाइजरले हात सफा गर्नु पर्दछ । किनकी धेरै भन्दा धेरै ब्यक्तीले उक्त पैसा छुदै त्यहा सम्म आएको हुन्छ ।
२०. अनुहारमा हातले नछुने — सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) का अनुसार सुपर मार्केट वा ठुला सपिङ्ग सेन्टरमा सामान खरिद गर्ने क्रममा अनुहारमा हातले छुनु हुँदैन । यदी छुनु नै पर्ने भएमा साबुन पानीले हात धुने वा ह्याण्ड स्यानीटाइजरले हात सफा गरेर मात्र छुने ।
२१. रमाइलोको लागी सपिङ नगरौ — कतिपय ब्यक्तीको रमाइलोको लागी सपिङ्ग गर्ने बानी हुन्छ । यो कोरोनाको संकटको बेला रमाइलोको लागी फजुलको सपिङ्ग गर्ने बानी त्याग्नु पर्दछ । सपिङ्गको लागी सपिङ्ग नभइ अत्यावश्यक साम्रगी खरिद गर्ने ।
२२. जथाभावी नहिंड्ने — सपिङ गरी सकेपछी किनेको सामानको झोला जथाभावी जहाँ पायो त्यही नराख्ने । सकभर पसलबाट सामान किनी सकेपछी सिधै घरमा आउने । बिनाकाम हिडडुल नगर्ने ।
२३. मितब्ययिता अपनाउन — द क्यालभर्ट हेल्थ डिपार्टमेन्टले कोरोनाको समयमा बस्तु तथा सेवाको खरिदमा सिमितता र मितब्ययिता अपनाउन सुझाएको छ । एकातिर कोरोनाको कारणले धेरैको रोजगारी गुमेको अवस्था छ भने अर्को तिर कलकारखान बन्द रहनाले उत्पादन र आयात निर्यातमा कमी भइरहेको छ । त्यसैकारण यो कोरोनाको सकटकालिन अवस्थामा सामान खरिद गर्दा मितब्ययिता अपनाउनु पर्दछ ।
J
कोरोना सक्रमणबाट जोगिन रहेक ब्यक्तीले म सक्रमणबाट जोगिन्छु भन्ने सकल्प गर्दै घरबाट बाहिर निस्किदा साबधानीन र सजकता अपनाउनु पर्दछ । अब कोरोनासँग भागेर होइन सँगसँगै जिउन सिक्नु पर्दछ । साबधानी, सजकता, सतर्कता, आत्मबल, र धर्यताले कोरोनालाई जित्नु पर्दछ । परिस्थिती जस्तोसुकै भएपनी मनस्थिती दरो बनाउदै उच्चमनोबलका साथ जीवनलाई अगाडि बनाउने गराँै ।