पोखरा । गण्डकी प्रदेशमा आज बिहानै थप ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिकाका ३७ वर्षीय १ जना नेपाल आर्मी, म्याग्दीको बेनी नगरपालिकाका २० वर्षीय नेपाल प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको हो ।
यस्तै बाग्लुङको बाग्लुङ नगरपालिका वाड नम्बर २ का २० वर्षीय २ जना पुरुषलाई समेत कोरोना पुष्टि भएको छ । निर्देशनालयका अनुसार तनहुँको ब्यास नगरपालिका वडा नम्बर ५ का २६ वर्षीय नेपाल आर्मी तथा शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ का २८ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै नवलपसारी (ब.सु.पू) को विनयत्रिवेणी गाउँपालिका वडा नम्बर १ का ६ वर्षीय बालिका सहित २८ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ हजार ८ सय ८८ पुगेको छ । आज भेटिएको सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङका आधारमा भेटिएका हुन् । उनीहरु सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।
