पोखरा-२७ ज्यामिरेबाट लागुऔषध गाँजासहित २ जना पक्राउ

पोखरा, भदौं ६ गते । लागूऔषध गाँजा बिक्रीबितरण, ओसारपसार गरेको आरोपमा प्रहरीले लेखनाथबाट २ जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका-२७ ज्यामिरेकुनामा गाँजा बिक्रीबितरण गर्ने अर्घौचोक बस्ने बर्ष २३ को सन्दिप बि.क. र पोखरा वडा नं २७ कालीगन्डकी बस्ने २९ वर्षको किशोर तिमिल्सिनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयका कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय हंशपुर कास्कीबाट खटिएको गस्ति टोलीले उनीहरु सवार मोटरसाइकल चेकजाँच गर्ने क्रममा २० ग्राम लागूऔषध गाँजा फेला पारेको थियो ।

उनीहरुको घर र कोठा खानतलासी गर्दा सन्दिप बि.क.को कोठाबाट थप १ किलो ४४० ग्राम लागूऔषध गाँजा प्रहरीले फेला पारेको थियो ।

पक्राउ पछि उनीहरु विरुद्ध आवश्यक कारबाही अगाडी बढाइएको डिएसपी हमालले बताए ।

कमेन्टहरु
Loading...