कोरोनाले श्रीमानको मृत्युपछि श्रीमतीले गरिन् ३ सन्तानसँगै आत्महत्या

नरसैया र पैरिमी स्नुनिता । (फाइल फोटो)

 

एजेन्सी

कोरोना भाइरसको संक्रमणबाट श्रीमानको मृत्यु भएपछि उनका परिवारका ३ जनाले  बिहीबार दिउँसो आत्महत्या गरेका छन् । जसमा श्रीमती १ छोरा र १ छोरी रहेका छन् ।
यो घटना छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशको हो ।

आत्महत्या गरेर ज्यान दिएको यो घटना आन्ध्रको बेस्ट गोदावरीस्थित राजमुंदरीको हो । परिवारका ३ सदस्यले गोदावरी नदीको पुलबाट हामफालेर आत्महत्या गरेका थिए । त्यसपश्चात् मात्रै थाहा भयो कि उनीहरुका घरमुलीको ज्यान कोरोनाले लिएको थियो । यो घटनाको ४ दिन अघि संक्रमित परिवारका ५२ वर्षीय नरसैयाको मृत्यु भएको थियो ।

स्थानीय प्रहरीका अनुसार नरसैयाको मृत्युपछि छरछिमेक र आफन्तबाट मृतकका परिवारले कुनै साथ पाएनन् । समाजमा एक्लिनुपर्दा मृतकका परिवार डिप्रेशनमा थिए । जसकारण पुरै परिवारमा तनावमा थिए ।

प्रहरीले जानकारी दिए अनुसार आत्महत्या गर्नेमा मृतकका छोरा नरसिंह फणीकुमार, छोरी अपर्णा र श्रीमती पैरिमी स्नुनिताले पुलबाट हामफालेर आफैलाई समाप्त गरेका हुन् । उक्त समय सोही पुल पार गरिरहेका कार चालकले प्रहरीलाई जानकारी दिएका थिए । हाल प्रहरी तीनै जनाको शव बरामद गर्न जुटेको छ ।

आजतक डट इनटुडेको सहयोगमा

कमेन्टहरु
Loading...