स्याङ्जा, भदौं २ गते । जिल्ला अस्पताल स्याङ्जाले भदौं ८ गते सम्म सम्पूर्ण सेवाहरु बन्द गरेको छ ।
जिल्ला कोभिड संकट व्यबस्थापन केन्द्रले अस्पताललाई निर्मलिकरण र चिकित्सक , स्वास्थ्यकर्मी र कर्मचारीको कन्ट्रयाक्ट ट्रेसिङ गर्नुपर्ने भएको भन्दै भदौं २ गते देखी ८ गते सम्म बन्द गर्ने निर्णय गरेको हो ।
स्याङ्जा कारागारमा रहेका ६० वर्षिय पुरुष स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । उनको स्वाब पोखरा ल्याइ परिक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको थियो ।
अस्पतालले आज सूचना जारी गर्दै कोरोना पोजेटिभ भएकाको सम्पर्कमा आए अस्पतालका चिकित्सक , स्वास्थ्यकर्मी र कर्मचारीलाई कन्ट्रयाक्ट ट्रेसिङ र अस्पताल निर्मलिकरणका लागी अस्पताल सिल गरिएको जनाएको छ ।