भारतमा कोरोना संक्रमितको संख्या २७ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा ५४ हजार २८८ जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या २७ लाख १ हजार ६०४ पुगेको हो ।
संक्रमितको यो संख्या विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।
संक्रमितमध्ये अहिलेसम्म १९ लाख ७६ हजार २४८ जना संक्रमणमुक्त भएका छन् ।
६ लाख ७३ हजार ४३१ जनाको उपचार भइरहेको छ ।
मृत्यु हुनेको संख्या ५१ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले ८८० जनाको मृत्यु भएको छ ।