मुख्यमन्त्रीका प्रेस संयाेजक भन्छन्, ‘पोखरामा लकडाउन गर्ने – नगर्ने निर्णय गर्न महानगर स्वतन्त्र छ’

पोखरा/पोखरा महानगरपालिकाले सोमबार रातीबाट लकडाउन गर्ने भनेर गरेको सिफारिस प्रदेश सरकारले अस्विकार गरेको समाचार आएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका प्रेस संयाेजक बिक्रम न्यौपानेले लकडाउन गर्नेबारेमा पोखरा महानगरपालिका स्वयत्त रहेको बताएका छन् । बिभिन्न संचार माध्यममा प्रस्ताब अस्विकार गरेको समाचारहरु आएसँगै न्यौपानेले आफ्नो फेसबुकमा स्पष्टीकरण दिदैँँ ‘मलाई व्यक्तिगत रुपमा लागेको कुरा ।।

पोखरामा लकडाउन वा निषेधाज्ञा गर्ने कुरा प्रदेश सरकार र प्रदेश मुख्यमन्त्रीसँग जोडिएर जसरी फेसबुकमा आएका छन्, त्यसबारे केही प्रष्टता नभए झै लाग्यो ।

पोखरा महानगर आफैंमा स्वायत्त सरकार हो । नेपाल सरकारले नै स्थानीय तहलाई निषेधाज्ञा वा लकडाउनको अधिकार प्रत्यायोजन गरिसकेको हुँदा त्यसबारे प्रदेशले कुनै निर्णय लिन मिल्ला जस्तो मलाई लाग्दैन ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण एवं प्रतिकार्यका लागि प्रदेश सरकारले बनाएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आज बसेको बैठकको ३ नम्बर बुँदाले अझै कुरा प्रष्ट गरेको पनि छ ।

३ नम्बर बुँदामा प्रष्ट भनिएको छः

कोभिड १९ को बढ्दो जोखिमबाट बँच्न अति आवश्यक काम नपरी घरबाट बाहिर ननिस्कने । आवश्यक काम परी बाहिर निस्कनै पर्ने भएमा स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डको पालना अनिवार्य रुपमा गर्ने गराउने कार्यमा प्रदेश सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय एवं स्थानीय तहहरु ‘वडा कार्यालयहरु’ ले सबै नागरिकलाई सुसुचित गर्ने, गराउने । मापदण्डको पालना भए नभएको विषयमा प्रभावकारी अनुगमन गरी नभएको पाइएमा सबै स्थानीय प्रशासन तथा सुरक्षा निकायहरुले कार्यान्वयनको व्यवस्था मिलाउने । ’ उनले लेखेका छन् ।
न्यौपानेले लकडाउन गर्ने नगर्ने निर्णय गर्ने अधिकार महानगरको नै भएको बताएका छन् । पोखरामा आज रातीबाट गर्ने भनिएको लकडाउन भोली गरिने भनिएको लकडाउन बुधबारबाट हुने पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसिले बताएका छन् ।

कमेन्टहरु
Loading...