पोखरा । एसइईको नतिजा आज सार्वजनिक हुने भएको छ । नतिजा सार्वजनिक गर्ने विषयमा अहिले राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले जारी छ । बोर्डका एक सदस्यका अनुसार रुजुको काम सकिएको छ र नतिजा सार्वजनिक गर्ने तयारी हुँदै छ । साउनको २० गते नै एसइईको नतिजा सार्वजनिक गर्ने तयारी भए पनि कोरोना भाइरसको संक्रमण दरमा वृद्धि भएपछि बोर्डको बैठक बस्न सकेको थिएन ।
