एजेन्सी । विश्वमा २ करोड १८ लाख २८ हजार ९ सय २९ जना कोरोना भाइरस संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ । सो संगठनकाअनुसार सोमबारसम्म विश्वभरी कोरोना भाइरस संक्रमणबाट ७ लाख ७३ हजार १ सय १४ जना कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
सङक्रमित मध्ये हालसम्म १ करोड ४५ लाख ६५ हजार १ सय ७३ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६४ लाख ९० हजार ६ सय ४२ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ६४ हजार ३ सय २९ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५५ लाख ६६ हजार ६ सय ३२ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।
यस प्रकोपका कारण अमेरिकामा १ लाख ७३ हजार १ सय २८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा ५२ लाख ८४ हजार १ सय ८८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७६ हजार १ सय २० जनाको मृत्यु भएको छ ।
उत्तर अमेरिकामा ६५ लाख ६५ हजार ७ सय ७४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४७ हजार ५ सय ३५ जनाको मृत्यु भएको छ । युरोपमा ३१ लाख ६७ हजार १ सय ८२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने २ लाख ३ हजार १ सय ४७ को मृत्यु भएको छ ।
एसिया ५६ लाख ६२ हजार १ सय ९३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ लाख २० हजार १ सय ७२ जनाको मृत्यु भएको छ । अफ्रिकामा ११ लाख २३ हजार १ सय ४२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २५ हजार ६ सय ७८ जनाको मृत्यु भएको छ । ओसियानामा २५ हजार ७ सय २९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४ सय ४७ जनाको मृत्यु भएको छ । रासस