डिप्रेसनबाट बालबालिका पनि शिकार हुने गरेका छन् । विज्ञहरूले बालबालिकामा डिप्रेसन हुने कारणहरू धेरै हुनसक्ने दाबी गरेका छन् । खराब स्वास्थ्य, जिन्दगीको समस्याहरू, पारिवारिक समस्या, आसपाको माहोल, आनुवंशिक या बायोकेमिकल डिस्टर्बेन्स लगायत धेरै कारणले बच्चामा डिप्रेसन हुन सक्छ ।
बालबालिकामा हुने डिप्रेसनका लक्षणहरू
१. स्वभावमा गडबडी, धेरै रिस उठ्नु तथा दुखी भएर बस्नु
२. नीदमा अचानक बदलाव आउनु
३. कुनै पनि काम मन नलगाईकन गर्न चाहनु
४. थकावट
५. एकाग्रतामा कमी र सामान्य गल्तीका लगि पनि आफूलाई दोषी देखाउने स्वाभाव
६. धेरै समय पेट र टाउको दुखेको गुनासो गरिरहनु
७. सामाजिक गतिविधिबाट दूरी बनाएर बस्नु
८ पटक पटक आत्महत्याको बारेमा कुरा गर्न खोज्नु