एजेन्सी । विश्वमा २ करोड १३ लाख ५७ हजार ८ सय ९० जना कोरोना भाइरस संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ६३ हजार ३ सय ८७ लाख कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
संक्रमित मध्ये हालसम्म १ करोड ४१ लाख ५१ हजार ७ सय ६६ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६४ लाख ४२ हजार ७ सय ३७ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमित मध्ये ६४ हजार ५ सय ५९ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५४ लाख ७६ हजार २ सय ६६ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ७१ हजार ५ सय ३५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ५१ लाख ५६ हजार ८२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७३ हजार २ सय ८३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६४ लाख ५४ हजार ७ सय ५९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ २ लाख ४४ हजार ९ सय ७ जनाको मृत्यु भएको छ ।
युरोपमा ३१ लाख २९ हजार ५ सय ४५ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख २ हजार ५ सय १ को मृत्यु भएको छ । एसिया ५४ लाख ९० हजार ३ सय ९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ लाख १७ हजार १ सय ३३ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ११ लाख १ हजार ३ सय ४२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २५ हजार १ सय ४३ जनाको मृत्यु भएको छ । ओसियानामा २५ हजार १ सय ३२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४ सय ५ जनाको मृत्यु भएको छ । रासस