यस्तो बन्दैछ पोखराको खानेपानी मुहान (फोटोसहित)

पोखरा /खानेपानी संस्थान पोखराले करिब पाँच अरबको लगानीमा पोखराको खानेपानी मुहानमा पानी शुद्धिकरण काम (वाटर रिट्रिट)को काम थालनि गरेको आयोजनाका उप प्रमुख आशिष कार्कीले बताएका छन् । कार्कीका अनुसार आयोजनाको लगभग २४ प्रतिशत काम सम्पन्न भईसकेको छ ।
कार्कीले आगामी दुईतिन बर्षमा आयोजनाको काम सकिने बताएका छन् । कार्कीका अनुसार आयोजना सम्पन्न भएपछि पोखरेलीले शुद्ध पानी पिउन पाउने छन् । विचमा केहि समय रोकिएको आयोजनाको कामले फेरी निरन्तरता पाएको छ । अहिले आयोजनामा दैनिक ४० मजदुरले काम गर्दै आएका छन् ।

कमेन्टहरु
Loading...