कोरोना नियन्त्रणका लागि भुटानमा राष्ट्रव्यापी लकडाउन

एजेन्सी । हिमाली मुलुक भुटानले कोरोना भाइरस नियन्त्रण गर्न भन्दै राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ । विदेशबाट फर्किएका तर क्वारेन्टिन पूरा गरेका १ व्यक्तिमा कोरोना संक्रमण देखिएपछि लकडाउन गर्नु परेको सरकारले जनाएको छ । सरकारले आम नागरिकलाई घरमै बस्न आग्रह गर्दै आदेश जारी गरेको छ ।

भुटानमा हाल करिब ७ लाख ५० हजार जनसंख्या छ । सरकारी आदेशसँगै भुटानका सबै विद्यालय, कार्यालय र व्यावसायिक संरचना बन्द गरिएका छन् । सरकारले लकडाउन ५ दिनदेखि २१ दिनसम्म जारी रहनेछ । यस अवधीमा सबै संक्रमितको पहिचान गर्ने तथा सबै संक्रमितलाई अलग्याउने जनाउँदै सरकारले यस कार्यबाट भाइरस प्रसारको सांलो तोडिने विश्वास लिएको छ ।

कुवेतबाट फर्किएकी २७ वर्षीया महिलालाई अनिवार्य क्वारेन्टिनमा राखेर घर पठाइएको थियो । तर उनमा सोमबार पुनः परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनी भुटानका विभिन्न स्थानमा घुमेको सरकारको आशंका छ । पर्यटन आश्रित मुलुक भुटानले १ अमेरिकी पर्यटकमा कोरोना पुष्टि भएर अस्पताल भर्ना भएलगत्तै गत मार्चमा विदेशी पर्यटकलाई भुटान प्रवेशमा रोक लगाइएको छ । भुटानका सबै १ सय १३ जना संक्रमित व्यक्तिलाई क्वारेन्टिनमा राखिएको थियो । रासस

कमेन्टहरु
Loading...