गन्थन डेस्क
गण्डकी प्रदेश सरकाले कोरोना संक्रमितको उपचारमा हरसम्भव प्रयास गरिरहेको बताए पनि उनीहरुको दाबी झुठो ठहरिएको छ । कोरोना परीक्षणबाट नतिजा पोजिटिभ देखिएपछि लेखनाथस्थित संक्रामक तथा सरुवा रोग अस्पताल (कोरोना अस्पताल)को आइसोलेशन कक्षमा पु¥याइएका बिरामीहरु त्यहाँ भएको चरम लपरवाहीकाकारण मर्ने, बाँच्ने दोसाँधमा रहेको बताउँछन् ।
‘यहाँको लथालिङ्ग चाला देख्दा घरमै सुरक्षित हुन्थे जस्तो लागेको छ, गन्थनसँग सम्पर्कमा रहेकी संक्रमित भन्छिन्, ‘यहाँ उपचार हैन मर्न ल्याएर छाडेजस्तो लागेको छ ।’ यहाँको स्थानीय प्रशासनले घरमै क्वारेन्टाइन हुनसक्ने सूचना दिएपनि आइसोलेशनमा पु¥याइएका एक संक्रमितले गुनासो पोखे, ‘आइसोलेशनमा ३ दिन अघिदेखि ल्याइएका १८ जना छौं, सफाईको व्यवस्था छैन, सामान राख्ने ठाउँ छैन र हामीले कु्नै चिकित्सकको अनुहार पनि देखेका छैनौ ।’ दुई दिनअघि ल्याएको २ जार पानी पनि सकिएको उनीहरुको गुनासो छ । आइसोलेसनमा एउटा भेन्टिलेटर रहेकाे तर कसरी प्रयाेग गर्ने भन्रे जानकारी पनि दिइएकाे छैन भने चिकित्सकहरू पनि काेही नअाएकाे उनी बताउछन् ।
गण्डकी अस्पतालको आइसोलेसन भरिएपछि लेखनाथको मोहरियामा रहेको पुरानो लेखनाथ लायन्स अस्पतालमा संक्रमितहरुलाई राख्ने भनेर बनाइएको प्रदेश सरकारको आइसोलेसनमा संक्रमितलाई राख्न थालिएको छ ।
प्रदेश सरकारले कोरोना अस्पताल भन्दै बनाएको अस्पतालमा राखिएको आइसोलेसन वार्ड कतैबाट नाप्दा पनि आइसुलेसन वार्ड जस्तो नदेखिने केहि दिनदेखि उपचाररत संक्रमितले गन्थनलाई बताएका छन् । आइसोलेसन वार्डमा बिरामीलाई कुनै प्रकारको सुविधा छैन । अरु त अरु आइसोलेसन वार्डमा एउटा भेन्टीलेटर पनि नभएको ति संक्रमितले बताएका छन् ।
‘सरकारले उपचार गर्ला र बाँचौँला भन्ने कुरा त कल्पना पनि गर्न सकिँदैन । डाक्टर, नर्स र अस्पतालाको कर्मचारीको अनुहार नदेखेको त हामीले यहाँ बस्न आएदेखि नै हो । न पानी तताउने भाँडो छ, न गाह्रो साह्रो पर्दा डाक्टरहरु सोध्न नै आउँछन । यसलाई के को आइसोलेसन वार्र्ड भन्नु ? यहाँ त सरकारी लापरवाहीले नै मरिन्छ कि भन्ने डर मात्र छ ।’ अर्का संक्रमितले दुख पोखे ।
आइसोलेसन व्यवस्थापनका गुनासो आएपछि हामीले संक्रमित अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन भण्डारीलाई बुझ्न खोज्दा एउटा भेन्टीलेटर कक्ष भएको बताए । उनका अनुसार अस्पतालमा उनीसहित एक जना चिकित्सक, दुई स्टाफ नर्स र एक जना कर्मचारी रहेका छन् । तर, उनीहरु कसैको मुख देख्न नपाएको संक्रमितले जानकारी दिए । अस्पतालमा आइसोलेसन वार्डका लागि ३४ जनाको क्षमता रहेको छ । भण्डारीले संक्रमितहरूलाइ दैनिक ४ पटक खानाकाे व्यवस्था गरेकाे समेत दाबी गरे ।
प्रदेश सरकारले नै चलाएको अस्पतालको व्यबस्थापन कमजोर भएका कारण संक्रमितहरु त्रासमा बसिरहेका छन् । ‘पाँच महिना अगाडीदेखि कोरोना अस्पतालको गफ लगाएर बस्ने प्रदेश सरकारलाई काम गर्न कस्ले रोक्यो ?’ संक्रमितहरुले गन्थनमार्फत सम्बन्धित निकायलाई प्रश्न गरेका छन् ।