पोखरा चेम्बरको पर्यटन विभाग गठन

पोखरा । पर्यटन व्यवसायीको भेलाले पोखरा चेम्बर अफ कमर्स, कास्की अन्तर्गत पर्यटन विभागको गठन गरेको छ । विभागको अध्यक्षमा रेशम अधिकारी, उपाध्यक्षमा प्रकाशबाबु बस्ताकोटी, सचिवमा मोहनप्रसाद सुवेदी र कोषाध्यक्षमा रवि आचार्य रहेका छन् ।

यसैगरी सदस्यहरुमा दीपकप्रसाद सापकोटा रेशम गौतम, देवराज अधिकारी र लक्ष्मी कोइराला चुनिएका छन् । विभागको सल्लाहकारमा दिल गौतम, उपेन्द्र अधिकारी र सुवास भण्डारी रहेका छन् । पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले कोरोना भाइरसका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्नका लागि तीन तहको सरकारले ध्यान दिनुपर्ने बताए ।

चेम्बरको मागअनुसार मौद्रिक नीतिमा पर्यटन क्षेत्रलाई पुनःकर्जा र सहुलियत कोषको जानकारी दिँदै उनले सुनारले बैंक तथा वित्तीय संस्थाले ब्याजमा छुट नदिए कार्यान्वयनका लागि चेम्बरले दबाब र पहलकदमी चाल्ने उल्लेख गरेका छन् । रासस

कमेन्टहरु
Loading...