एजेन्सी । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २ करोड २ लाख नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) ले मंगलबार दिएको जानकारीअनुसार विश्वमा २ करोड २ लाख ५९ हजार ५ सय ६४ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।
कोरोना भाइरस संक्रमणको कारण विश्वभरी सात लाख ३९ हजार २ सय १२ जनाको मृत्यु भएको पनि सो संगठनले जनाएको छ । मंगलबारसम्म विश्वभरीमा १ करोड ३१ लाख ९० हजार ५ सय १६ जना व्यक्ति कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
विश्वभरमा हाल ६३ लाख २९ हजार ८ सय ३६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ६४ हजार ६ सय ९५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५२ लाख ५१ हजार ४ सय ४६ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ६६ हजार १ सय ९२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा ४८ लाख २ सय ६६ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ६१ हजार २ सय ८३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६१ लाख ८२ हजार ५ सय ४४ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ २ लाख ३६ हजार २ सय २७ जनाको मृत्यु भएको छ ।
युरोपमा ३० लाख ६४ हजार ७ सय २१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने २ लाख ६ हजार ४ सय ५ को मृत्यु भएको छ । एसिया ५१ लाख २५ हजार ३ सय ९४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक लाख ११ हजार २ सय ५३ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा १० लाख ६१ हजार ९८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २३ हजार ६ सय ४३ जनाको मृत्यु भएको छ । ओसियानामा २३ हजार ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३ सय ५७ जनाको मृत्यु भएको छ । रासस