राष्ट्रबैंकले भन्यो : बैंकका कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउ

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

कोरोनाको जोखिम व्यापक रुपमा बढ्दै गएको भन्दै केन्द्रीय बैंकले आज सबै बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै कोरोनाको सङ्क्रमणको मात्रा बढ्दै गएकाले घरबाटै काम गराउन र यदि सम्भव नभएका कमभन्दा कम कर्मचारी उपस्थित हुने गरी विभिन्न सिफ्टमा काम गर्ने वातावरण मिलाउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवालाई नियमित कसरी राख्न सकिन्छ भन्ने बारेमा कार्ययोजना बनाउन आग्रह गरेको छ ।

केन्द्रीय बैंकले विद्युतीय माध्यमबाट हुने कारोवारलाई थप प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थालाई पुनः ध्यानाकर्षण गराएको छ ।

बैंकिङ सेवामा रहेका जनशक्ति तथा सेवाग्राहीको सुरक्षा तथा कोरोनाको सङ्क्रमणलाई न्यूनीकरण गर्दै सुरक्षाका अधिकतम सबै उपाय अनिवार्य रुपमा पालन गर्न तथा गराउन निर्देशन दिइएको छ

कमेन्टहरु
Loading...