पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा १ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा ।

गण्डकी प्रदेशमा पछिल्लो १४ घण्टामा १ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना संकलनका क्रममा १ जना थपिएका हुन् । थप भएका संक्रमित पर्वतको कुश्मा नगरपालिका ४ का २३ वर्षीय पुरुष रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ । संक्रमितलाई आइसोलेसन कक्षमा लगिसकिएको समेत प्रतिष्ठानले बताएको छ । योसंगै प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ६ सय १२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा क्षयरोग उपचार केन्द्र पोखरामा पोखराका कुल ४ सय ६८ जनाको नमुना परीक्षण भएको छ । तीमध्ये कास्कीका १ सय ५७ सहित नवलपुर (ब.पु.पू) का १ सय ८८, तनहुँका ८१, लम्जुङका १, स्याङ्जाका २५, पर्वतका १० जनाको नमुना परीक्षण गरिएको हो । नमुना परीक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ आएको बताइएको छ ।

त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २४ घण्टाको अवधीमा २८ वटा नमुना परीक्षण गरिएकामा उनीहरु सबैको रिर्पोट नेगेटिभ आएको प्रतिष्ठानले जानकारी दिएको छ । कोरोनामुक्त हुनेको संख्या गण्डकी प्रदेशमा १ हजार ४ सय ५९ पुगेको छ । यीमध्ये पछिल्लो २४ घण्टामा नवलपरासी (ब.पु.पू) बाट १, लम्जुङबाट ६, तनहुँबाट ३ गरेर १६ जना कोरोनामुक्त भइ घर फर्केका छन् ।

कमेन्टहरु
Loading...