पोखरा ।
लगातार मूल्यमा वृद्धि हुँदै नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्यमा आज भने केही गिरावट आएको छ । आज सुनको मूल्य ९ सय रुपैयाँले घटेर १ लाख २ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यता सुनको भाउमा केही गिरावट आएको भए पनि चाँदीको भाउ भने बढेको छ । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय १० पुगेको महासंघले जानकारी दिएको छ ।