पोखरा/पोखरा महानगरपालिका वडा नं. २६ को कालिका चोकमा रहेको श्याम थापाकाे जुपिटर ड्राइभिङ स्कुलमा आगलागि हुँदा एक गाडी र तीन मोटरसाइकल चलेर नष्ट भएको छ ।
शनिबार रातको १२ बजे उक्त ड्राइभिङ स्कुलमा आगोलागि भएको थियो ।
आगोलागि भएको स्थानियबासीले थाह पाएपछि घरघरबाट पानी ओसारेर आगो निभाउन लागेका थिए । आगोलागि भएको करिव २० मिनेट पछाडी प्रहरी र दम्कल घटना स्थलमा पुगेको थियो ।
आगलागी के कारणबाट भएको भन्नेबारे डाँडाको नाक प्रहरीले अनुसन्धान गरिरहेको छ ।
स्थानियका अनुसार आगोलागी नभएर कसलै आगो लगाएको हुनसक्ने अनुमान गरिएको छ ।
तस्विर -फाइल फोटो