शनिवार स्याङ्जाका २२ प्रहरीले जिते कोरोना

स्याङ्जामा २२ जना प्रहरी सहित ३० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रहरीसहीत एक जना थुनुवा, २ जना प्रहरी कर्मचारीका छोराछोरी, ४ जना अर्जुनचौपारीका र एक जना भीरकोट नगरपालिकाका छन् ।

भीरकोटस्थित कालिका सामुदायिक अस्पतालको आइसोलसनमा उपचाररत उनीहरु निको भएर डिस्चार्ज भएका हुन् ।

आजसम्म प्रहरी प्रमुख सहीत २५ जना सुरक्षाकर्मीले कोरोना जितेका छन् । अझै १६ जना आइशोलेसनमा रहेका छन् ।

स्याङजामा ४१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कमेन्टहरु
Loading...