निजी अस्पतालको चक्रर लगाउँदा लगाउँदै बिरामीको मृत्यु

बिरगंज /सरकारले कोरोना तयारी ब्यापक भएको भनेर हल्ला गरे पनि उपचार नपाएर मृत्युवरण गर्ने संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । देश भरका सरकारी अस्पतालमा रहेका आइशोलेसन वार्डहरु भरिएपछि उपचार खोज्दा खोज्दै मर्नुपर्ने अवस्थाको सिर्जना भएको हो ।

सामान्य ज्वरो आएको विरामीलाई पनि निजि अस्पतालले भर्ना लिन नमानेपछि विरामीहरु उपचार नै नपाएर मर्ने अवस्थामा पुगेका छन् । शुक्रबार बेलुकी देखि उपचारको खोजीमा पर्षा जिल्ला भरका निजि अस्पतालको चक्रर लगाउँदा पनि उपचार हुन नसकेपछि २० बर्षीय युवतीको ज्वरोको विरामीको मृत्यु भएको छ । उनको स्वाव परिक्षण भने अझै नभएको उनका आफन्तहरु बताउँछन् ।
उनका उपचारमा राती १० बजेबाट खटिएका उनका आफन्तका अनुसार बयोधा, तराई हस्पिटल, भवानी , नेशनल मेडिकल, नारायणि , बिरगंज हेल्थ केयर र राती दुइ बजे गण्डक अस्पतालमा पुगी विरामीको मृत्यु भएको थियो ।
पोट्रोगलको कारण देखाई बिरामी भर्ना लिन अस्पतालहरुले विरामी लिन नमान्दा बिरामीको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।

कमेन्टहरु
Loading...