एजेन्सी ।
विश्वमा कोरोना भाइरस संक्रमणको कारण ७ लाख १८ हजार ७७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो संगठनका अनुसार शुक्रबारसम्म विश्वभरीमा १ करोड ९२ लाख ७९ हजार ७७ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये हालसम्म १ करोड २३ लाख ७५ हजार ३ सय ७३ व्यक्ति कोरोना मुक्त भएका छन् ।
विश्वभरमा ६१ लाख ८५ हजार ६ सय ८० व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ६५ हजार २ सय ६३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५० लाख ३२ हजार ५ सय ४७ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६२ हजार ८ सय ५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा ४५ लाख ४४ हजार २ सय ५४ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ५४ हजार ८ सय ९२ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५९ लाख २० हजार ३ सय ५३ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ २ लाख २९ हजार ८ सय ८७ जनाको मृत्यु भएको छ ।
युरोपमा २९ लाख ९० हजार २ सय ३३ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने २ लाख ५ हजार ३ सय ९० को मृत्यु भएको छ । एसिया ४७ लाख ८६ हजार ९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ लाख ५ हजार ३ सय ४८ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा १० लाख ११ हजार ८ सय ७६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २२ हजार १ सय १४ जनाको मृत्यु भएको छ । ओसियानामा २२ हजार १ सय १५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २ सय ९२ जनाको मृत्यु भएको छ । रासस