वीर अस्पतालका चिकित्सकमा कोरोना पुष्टी

काठमाडौंः वीर अस्पतालको इन्टरनल मेडिसिन विभागमा कार्यरत पुरुष डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार उनमा ज्वरो आउने र पखला लाग्ने समस्या भएको थियो । आज अस्पतालमै गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

अहिले उनलाई अस्पतालकै आइसोलेसन वार्डमा भर्ना गरेर राखिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

अस्पतालमा आएका विरामी र चिकित्सकमा समेत संक्रमण देखिएपछि वीर अस्पतालले केही चिकित्सक तथा नर्सहरुलाई अस्थायी क्वारेन्टिनमा राखेको छ ।

अस्पतालका निर्देशक डा केदार सेन्चुरीले संक्रमणको हुनसक्ने सम्भावित करीब १० जना स्वास्थ्यकर्मीलाई अस्पतालको अस्थायी क्वारेन्टाइनमा राखेको बताए ।

कमेन्टहरु
Loading...