कोरोना भाइरसको सुरुवात भएको चीनमा पुनः अर्को भाइरसको संक्रमण बढेको छ ।
‘एसएफटीएस’ नामको भाइरसको संक्रमण ७ जनाको मृत्यु भएको छ ।
उक्त भाइरसका कारण ६७ जना संक्रमित भएका छन् ।
चीनको जियांग्शू प्रान्तमा यो भाइरस संक्रमितको संख्या कारण ३७ पुगेको छ ।
जियांग्शूको नानजियांगमा एक महिलामा पहिलोपटक यो संक्रमण देखिएको थियो ।
सन् २०११ मा पत्ता लागेको यो भाइरस जनावरको शरीरमा टाँसिने किराहरुबाट यो मानिसमा सर्ने जनाइएको छ।