पोखरा ।
बुधबार तोलामा १६ सय रुपैयाँले बढेर १ लाख १ हजार ४ सय रुपैयाँ पुगेको सुनको मूल्य उकालो लाग्ने क्रम जारी छ । आज बिहीबार पनि नयाँ मूल्यको रेकर्ड कायम गर्दै सुनको मूल्य १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज सुनको मूल्य ११ सयले बढेको हो । महासंघका अनुसार आज चाँदीको भाउ १३ सय ४५ पुगेको छ । आज चाँदीको मूल्य ५० रुपैयाँले वृद्धि भएको हो । सुन र चाँदीको भाउ अहिलेसम्मको उच्च पुगेको महासंघले जानकारी दिएको छ ।