काठमाडौ, ७ कात्र्तिक/दोहाको राजधानी कतारमा आयोजनाहृने अन्तराष्ट्रिय ह्याण्डवल महासंघको ३४ औ र एशियाली ह्याण्डवल महासंघको १९ औं महासभामा सहभागीहुन नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज गुरुङ्ग को नेतृत्वमा तिन सदस्यिय प्रतिनिधी मण्डल विहिवार त्यस तर्फ प्रस्थान गरेको छ ।
प्रतिनिधी मण्डलमा संघका महासचिव विश्व वम मल्ल र सचिव सन्देश कुमार रेग्मी रहनु भएको छ । दुवै महासभाले आगामी चार वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ । नेपाल ह्याण्डवल संघले एशियाली ह्याण्डवल संघको सदस्य पदमा उम्मेदवारी दिने र यसमा अध्यक्ष गुरुङ्गले उम्मेदवारी दिने संघले जनाएको छ ।
यसै गरि संघका सचिव रेग्मीले एशियाली ह्याण्डवल महासंघ अन्र्तगत रहेको अति कम विकसित राष्ट्रको (ग्म्ऋ) सदस्य पदमा उम्मेदवारी दिनुहुनेछ । महासभा अक्टोवर २४ देखि २८ (कार्तिक ७ देखि ११ गते) सम्म सञ्चालन हुनेछ ।