एजेन्सी ।
विश्वमा कोरोना भाइरस संक्रमणको कारण ७ लाख ४ हजार ४ सय ३८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार जानकारी दिएको छ । सो संगठनकाअनुसार बुधबारसम्म विश्वभरीमा १ करोड ८७ लाख ९ हजार १ सय ६१ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये हालसम्म १ करोड १९ लाख २६ हजार २ सय २४ व्यक्ति कोरोना मुक्त भएका छन् ।
विश्वभरमा ६० लाख ७८ हजार ४ सय ९९ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ६५ हजार ३ सय ३६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४९ लाख १८ हजार ४ सय २० जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६० हजार २ सय ९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा ४३ लाख ६९ हजार ८ सय ४५ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ५० हजार ६ सय ४७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५७ लाख ८२ हजार ४ सय ९९ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ २ लाख २५ हजार ४ सय ५० जनाको मृत्यु भएको छ ।
युरोपमा २९ लाख ४३ हजार ५ सय ३२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने २ लाख ४ हजार ४ सय ७२ को मृत्यु भएको छ । एसिया ४६ लाख ८ हजार ८ सय ९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ लाख २ हजार ४ सय ३९ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ९ लाख ८२ हजार २ सय १९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २१ हजार १ सय ४३ जनाको मृत्यु भएको छ । ओसियानामा २१ हजार २ सय ४० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २ सय ७२ जनाको मृत्यु भएको छ । रासस