पोखरा ।
आगामी भदौ ८ गतेबाट सञ्चालन हुने भनिएको स्नातक तहका परीक्षा स्थगित भएको छ ।
महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम कायमै रहेको र कतिपय जिल्लामा निषेधाज्ञा जारी भएकाले परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रण महाशाखा महाराजगञ्जले सूचना प्रकाशित गरी जानकारी दिएको हो ।
प्राकृतिक प्रकोपले स्थलमार्ग सूचारु नभएकाले समेत अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको महाशाखाले जानकारी दिएको छ । ‘स्थगित गरिएको परीक्षा कार्यतालिका उपरोक्त अवस्थामा सुधार आउना साथ प्रकाशन गरिने हुँदा परीक्षा तयारी नै रहन पनि सूचित गरिन्छ ।’ सूचनामा भनिएको छ ।