स्याङ्जामा थुनुवालाई छोड्दा संक्रमण बढ्यो

पोखरा /स्याङ्जा जिल्लामा प्रहरीलाई नै कोरोना संक्रमण भएपछि जिल्ला प्रहरी कार्यालय शिल भएको थियो । तर जिल्ला प्रहरी कार्यालय शिल भएकै अवस्था प्रहरीले थुनुवालाई घर पठाउँदा समुदायका अन्य व्यक्तिमा पनि कोरोना संक्रमण भएको छ । जुवा तास खेलेको आरोपमा पक्राउ परेकाहरुलाई छोड्दा कोराना समुदायका व्यक्तिमा फैलिएको अनुमान गरिएको छ ।
प्रहरीले भने ति थुनुवालाई थुनामा राख्दा जोखिम हुने भएकाले जनप्रतिनिधिको जिम्मा लगाएर छोडिएको बताईएको छ । संक्रमित प्रहरीको कन्ट्याक ट्रेसीङ गर्दा थुनुवासम्म पुगेर स्वाब परिक्षण गर्न लगाईएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार ति थुनुवा र उनीसहित उनको सम्पर्कमा रहेका ८ जनामा कोरोना संक्रमण भएको छ । थुनुवा प्रकरणलाई लिएर जनप्रतिनिधि र प्रहरीबिच आरोप प्रत्यारोप चलिरहेको छ । प्रहरीले जनप्रतिनिधिको जिम्मा लगाएर पठाएको बताएको छ भने जनप्र्रतिनिधिले भने संक्रमित व्यक्ति क्वारेन्टीनबाट नै भागेको बताएका छन् ।

कमेन्टहरु
Loading...