जम्मू कश्मीरलाई समेटेर पाकिस्तानद्वारा नयाँ नक्सा सार्वजनिक

एजेन्सी ।

पाकिस्तानले जम्मू कश्मीर, लद्दाख र जूनागढलाई समेटेर आफ्नो नयाँ राजनैतिक नक्सा सार्वजनिक गरेको छ ।

सो नक्सा पाकिस्तानमो मन्त्रिपरिषद्मा समेत पास भएको छ । नयाँ राजनैतिक नक्सा जारी भएसंगै प्रतिक्रिया दिंदै प्रधानमन्त्री इमरान खानले मन्पिरिषद्को यो निर्णयलाई विपक्षी पार्टी र कश्मीरी –पाकिस्ताद प्रशासित कश्मीर) नेतृत्वले स्वागत गरेको बताएका छन् ।

अब पाकिस्तानको सरकारी कार्यालय, विद्यालय, क्याम्पस लगायतका स्थानमा पाकिस्तानले आधिकारिक रुपमा नयाँ नक्सा प्रयोग गर्ने भएको छ ।

पाकिस्तानले जारी गरेको नयाँ नक्सालाई भारतले भने अस्वीकार गरेको छ । आधिकारिक नयाँ नक्सामा कुनै पनि वैधता नरहेको भारतले प्रतिक्रिया दिएको छ ।

कमेन्टहरु
Loading...