भारतमा कोभिड–१९ संक्रमितको संंख्या १८ लाख ५५ हजार नाघ्यो

एजेन्सी ।

भारतमा ‘कोभिड १९’ संक्रमितको संख्या १८ लाख ५५ हजार नाघेको मंगलबार जनाइएको छ ।

गत २४ घण्टामा भारतका ५२ हजार ५० जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल संक्रमितको संख्या १८ लाख ५५ हजार ७ सय ४६ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मंगलबार जानकारी दिएको छ । भारतमा गत २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ८ सय ३ जनाको मृत्यु भएपछि कूल मृतकको संखया ३८ हजार ९ सय ३८ जना पुगेको छ ।

सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस संक्रमितमध्ये १२ लाख ३० हजार ५ सय १० व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा ५ लाख ८६ हजार २ सय ९८ जना कोरोना भाइरस संक्रमित अवस्थामा रहेका छन् ।

भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस संक्रमण राज्यका रुपमा रहेको छ । हाल महाराष्ट्रमा १ लाख ४७ हजार ३ सय २४ जना संक्रमित अवस्थामा नै रुहेका छन् भने १५ हजार ८ सय ४२ व्यक्तिको मृत्यु भइसकेको छ ।

महाराष्ट्र कुल ४ लाख ५० हजार १ सय ९६ व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा ५६ हजार ६ सय ९ संक्रमित अवस्थामा रहेका छन् भने ४ हजार २ सय ४१ जनाको मृत्यु भएको छ ।

राजधानी सहरसमेत रहेको दिल्ली राज्यमा ३८ हजार ४ सय ८२ जनामा संक्रमण भएको र ती मध्ये २४ हजार २ सय ५४ जना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणको कारण दिल्लीमा ४ हजार २१ जनाको मृत्यु भइसेकेको छ । रासस

कमेन्टहरु
Loading...