पोखरा ।
विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ९७ हजार २ सय ८१ व्यक्तिको ज्यान गएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार मंगलबारसम्म विश्वभरीमा १ करोड ८४ लाख ५० हजार ८ सय ३७ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । क्रमित मध्ये हालसम्म १ करोड १६ लाख ८१ हजार ९ सय ६० व्यक्ति कोरोना मुक्त भएका छन् ।
विश्वभरमा ६० लाख ७१ हजार ५ सय ९६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ६४ हजार ६ सय ७२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४८ लाख ६२ हजार २ सय ८५ जनामा कोरोना भाइरसका संक्रमित छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ५८ हजार ९ सय ३१ व्यक्तिको ज्यान गइसकेको बताइएको छ । दक्षिण अमेरिकामा ४२ लाख ८७ हजार ८ सय ३५ जना कोरोना भाइरस संक्रमति रहेका छन् ।
यहाँ १ लाख ४८ हजार ४ सय ८ जनाको ज्यान गएको छ । उत्तर अमेरिकामा ५७ लाख १४ हजार ७ सय ५९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ २ लाख २३ हजार १ सय ५ जनाको ज्यान गएको छ । युरोपमा २९ लाख २४ हजार ९ सय ४४ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने २ लाख ४ हजार ६४ को ज्यान गएको छ । एसिया ४५ लाख २९ हजार ५ सय ९९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ लाख ७ सय ३५ जनाको ज्यान गएको छ ।
अफ्रिकामा ९ लाख ७२ हजार २ सय ८७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २० हजार ६ सय ७१ जनाको मृत्यु भएको छ । ओसियानामा २० हजार ५ सय १७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २ सय ५७ जनाको ज्यान गएको छ । रासस