एजेन्सी ।
कोरोना भाइरसको भ्याक्सिन बने पनि औषधी बन्ने सम्भावना नरहेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले बताएको छ । कोरोना भाइरसको औषधी मिल्न सक्ने सम्भावना कम रहेको डब्लुएचओका प्रमुख डा.टेड्रोस एडोनोम ग्रेबिएसले बताएका हुन् ।
कोरोना भाइरसको भ्याक्सिन बनाउने काम तेस्रो चरणमा पुगेको समेत उनको दावी छ । कोरोना भाइरस मौसम परिर्वतनसंगै परिवर्तन नहुने भन्दै प्रमुख डा.ग्रेबिएसले विश्वका हरेक व्यक्तिले यो भाइरसलाई डटेर सामना गर्नु बाहेक अर्को उपाए नभएको बताए । प्रमुख डा.ग्रेबिएसले कोरोना भाइरसबाट बच्न सावधानी अपनाउनु आवश्यक रहेकोमा जोड दिएका छन् ।
घर बाहिर निस्कँदा नियमित रुपमा मास्कको प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, साबुन पानीले पटक–पटक हात धुने लगायतका उपाय अपनाउन सके कोरोनाको संक्रमणबाट बच्न सकिने उनको भनाई छ ।
अहिले कोरोना भाइरसको संक्रमणबाट विश्वभरी ६ लाख ९७ हजारभन्दा बढीको ज्यान गइसकेको र १ करोड ८४ लाख ४३ हजारभन्दा बढी संक्रमित भएको बताउँदै प्रमुख डा.ग्रेबिएसले सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् ।