एजेन्सी ।
स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छोड्ने घोषणा गरेका छन् । भ्रष्टाचारको मुद्धामा उनीमाथि अनुसन्धान भइरहेको छ ।
अनुसन्धान जारी रहेको अवस्थामा समेत ४० वर्ष स्पेनमा राज गरेका कार्लोसले देश छाड्ने घोषणा गरेको बताइएको छ । देश छोडेपछि कार्लोस कहाँ गएर बस्छन् भन्ने खुलेको छैन ।