लगानी बोर्ड नेपालको सीईओमा सुशील भट्ट नियुक्त

लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील भट्ट नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले सीईओमा भट्टलाई नियुक्त गरेको हो ।

भट्ट अहिले राष्ट्रिय योजना आयोगको सदस्य छन् ।

बोर्डका सीईओ नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि याे पद खाली रहेको थियो ।

विभिन्न क्षेत्रका १२ जनाले आवेदन दिए पनि सरकारले सुशील भट्टलाई नियुक्त गरेको हो ।

कमेन्टहरु
Loading...